नौ किलो सुनसहित क्यानडेली नागरिक विमानस्थलबाट पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १९ माघ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई) दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

९ किलो अबैध सुनसहित पक्राउ परेका उनलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।

फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो ।

प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्