निर्वाचनका लागि जुम्लामा खटिए आठ सय ४८ कर्मचारी

खबर बुक
  • ख-
  • ख+

जुम्ला, २७ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा  आठ सय ४८ कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले  एक सय आठ मतदान केन्द्रको लागि  कर्मचारी खटाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सुचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरि आठ सय ४८ कर्मचारी खटाएको हाे ।

त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो ।

मृख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई सय ५१ भन्दा तलको मतदाता भएको स्थानमा सात जना र दुई सय ५१ भन्दामाथिको मतदाता भएको स्थानमा आठ जनाका दरले कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाएने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्