जलवायु परिवर्तनविरुद्ध उचित कदम चाल्न माग गर्दै लिस्बनमा प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

लिस्बन, २७ कात्तिक।।जलवायु मुद्दाबाट आक्रोशित सयौं प्रदर्शनकारीहरू लिस्बनको सडकमा उत्रिएका छन् । अधिकांश प्रदर्शनकारीले पोर्चुगलका आर्थिक मन्त्री एन्टोनियो कोस्टा ई सिल्भाले भाषण दिइरहेका भवनमा पुगेर उनको राजीनामासमेत माग गरे ।

ब्यानर बोकेर नारा लगाउँदै प्रदर्शनकारीले जलवायु परिवर्तनविरुद्ध कदम चाल्न आह्वान गरेका छन् ।

जलवायु परिवर्तन हालै विश्वभरका मानिसहरूमा चर्चा र चासोको विषय बनेको छ । “कोस्टा ई सिल्भा बाहिर,“ प्रदर्शनकारीहरू भवनमा प्रवेश गर्दा उनीहरु चर्को आवाजले चिच्याएका थिए । प्रदर्शनकारीहरूलाई पुलिसले भवनबाट बाहिर निकालेको थियो ।

विश्वलाई जलवायु परिवर्तनबाट जोगाउने लक्ष्यलाई कायम राख्ने प्रयासमा  जलवायु शिखर सम्मेलनका क्रमममा इजिप्टमा जम्मा भएका करिब २०० राष्ट्रका प्रतिनिधिहरू भेला हुँदा प्रदर्शनहरू भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्