पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने एमाले उपाध्यक्ष पौडेलको दाबी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २६

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गर्नुभएको छ ।

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार पौडेलले शनिवार घरदैलो गर्नेे क्रममा पत्रकारहरुसगँ बोल्दै पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गर्नुभएको हो । उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफुहरुलाई देखाएको उत्साहपूर्ण सहभागिता,माया र आर्शिवादले पनि आफुले जित्ने कुरामा दुइमत नभएको बताउनुभयो । उहाँले विगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफु उत्साहित बनेको प्रतिक्रिया दिनुभयो । पौडेलले रुपन्देहीलाई विकासको हिसावले देशकै नमुना जिल्ला बनाउन आफु लाग्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले रुपन्देहीलाई हरेक दृष्टिकोणले सम्पन्न गर्ने कुरामा आफु लागी पर्ने बताउदै सबै मतदाताहरुलाई एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्