पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मनोनयन पत्र दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिएको छ ।

मतदान मंसिर २८ गते हुने तय भएको महासंघको नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि शुक्रबार मनोनयन पत्र दर्ता गरिएको हो ।

उम्मेदवारको अन्तिम नामावली शनिबार बिहान ११ बजे प्रकाशित हुने महासंघले जनाएको छ । मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने र सोही दिन मतगणना हुने समेत महासंघले जनाएको छ ।

सदस्यता विवादका कारण महासंघको महाधिवेशन पटक पटक स्थगित हुदै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्