टोंगामा ७ दशमलब १ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

खबर बुक
  • ख-
  • ख+

टोंगा, २६ कात्तिक।।टोंगामा शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्