कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पु¥याउनै कठिन

खबर बुक
  • ख-
  • ख+

४ मंसिर, काठमाडौं ।कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पु¥याउनै कठिन छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ ।

उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पु¥याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए ।

चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्