स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी चालक कारवाहीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ भदौ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज २५४ चालकमाथि कारवाही गरेको छ ।

बिहान ५ बजे देखि ८ बजे सम्म गरिएको चेकिङका क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १२ जना, कागजपत्र साथमा नभएका ११ जना र अन्य कसुरमा २ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको हुन् ।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय २९ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्