‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन्’

खबर बुक
  • ख-
  • ख+

किभ, २३ कात्तिक।।युक्रेनमा रूसी आक्रमणले विश्व सरकारहरूलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा  एक भिडियो सन्देशमा राष्ट्रपति भने ।

युक्रेनमा रूसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जंगलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन । ’

‘रुसी युद्धले एक ऊर्जा संकट ल्याएको छ जसले दर्जनौं देशहरूलाई आफ्ना जनताको लागि ऊर्जा मूल्य  कम गर्न कोइलाबाट चल्ने ऊर्जा उत्पादन पुनः सुरु गर्न बाध्य पारेको  । ’
केही दिनअघि रुसले गरेको आक्रमणमा युक्रेनलका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्