काठमाडौं, कार्तिक २२
कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी २०÷२१ वर्षका अकल विक रहेका छन् ।
अन्य दुईजनाको सनाखत हुन बाँकी नै छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार मुगुबाट सुर्खेतका लागि छुटेको भे १ च ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना भएको हो ।
जीपमा १० जना यात्रु सवार दिए । जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र अन्य दुईजनाको उपचारको क्रममा मृत्यु भएको अधिकारीले सीआईएनसँग बताउनुभयो । उहाँले घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बताउनुभयो ।
अन्य ६ जना सामान्य घाइते भएका छन् भने उनीहरूको पनि प्रतिष्ठानमै उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो । जीप दुर्घटना हुनुको कारण खुल्न सकेको छैन ।