
निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ ।
आयोगले निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन भन्दै आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको हो ।
यसले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पु¥याउन सो केन्द्र सञ्चालनमा ल्याएको हो ।
केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विकट पहाडी जिल्लाका मतदान केन्द्रहरुमा कर्मचारी खटाउन शुरु गरेको जानकारी दिँदै केन्द्रले उनीहरुसँगको समन्वयमा काम गर्ने बताउनुभयो ।
आवश्यक पर्दा केन्द्रले तत्तकाल निर्णय गर्नुपर्ने उल्लेख गर्दै उहाँले केन्द्रमा खटिने कर्मचारीहरु आयोगप्रति उत्तरदायी हुने बताउनुभयो ।
आयोगले वडास्तरमा मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरेको जानकारी दिँदै प्रत्येक ठाउँमा सामाजिक परिचालक पुगे वा नपुगेको सूचना लिने तथा आवश्यक पर्दा निर्वाचन सुरक्षा र निर्वाचनसँग सम्बन्धित विषयमा तत्काल निर्णय लिनुपर्ने बताउनुभयो ।