तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । जसमा १९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बीबीसीले लेखेको छ ।

४३ जना सवार विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण भने खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम हुन सक्ने भनिएको छ ।

विमान दुर्घटनामा परेपछि स्थानीयवासी र माझीहरूले डुङ्गाको सहायतामा यात्रुहरूलाई उद्धार गरेका थिए । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्