कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २०

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरि तयारी भइरहेको बताउनुभएको छ ।

आइतबार झापाको बिर्तामोडमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रममा उहाले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा अन्य कारणले पुनः मतदान गर्नुपर्ने अवस्था नआउने गरि तयारी भइरहेको बताउनुभएको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने उहाको भनाई छ । कुनै पनि एक मतदातालाई लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अप्ठेरो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उहाले बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्