लोपेज र एफ्लेकको डिभोर्स हुदै

खबर बुक
  • ख-
  • ख+

५ भदौ, काठमाडौं । हलिवुड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् । लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ ।

लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ । २०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो । 

यस अघि उनीहरु २००१ देखि २००४ को जनवरीसम्म रिलेसंसिपमा थिए र विवाहको मिति समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर त्यसको २० बर्षपछि दुवै फेरी एक साथ आएर २०२१ देखि रिलेसनसिपमा रहेका थिए ।

अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्ध गरेकी छन् ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्