स्थिर राजनीतिक अवस्था कायम गर्न काँग्रेसलाई मत- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन पछि सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार गर्नु रहेकाे बताउनु भएको छ ।

आज आफ्नो निर्वाचन श्रेत्रमा प्रचारप्रसारका क्रममा मतदाताहरूसंगकाे भेटघाटका क्रममा नेता सिंहले हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु काँग्रेसको मुख्य दायित्व रहेको बताउनु भएको हाे।

बिध्यमान ऐन कानुनका कारण समस्या भयो भन्ने उद्योगी व्यवसायीहरूका आवाज आइरहेकाले यसमा आवश्यक सुधार गर्न काँग्रेस तयार रहेको समेत उहाँले बताउनु भयाे ।

नेता सिंहले हाल मुलुकमा राजनीति अस्थिरताका कारण नागरिकले चाहे जस्तो सेवासुबिधा प्राप्त गर्न समेत नसकेको प्रति आफू जानकार रहेको भन्दै जन चाहाना अनुरूप काम गरेर देखाउनका लागि स्थिर राजनीतिक अवस्था कायम गर्न काँग्रेसलाई मत दिन समेत आग्रह गर्नु भएको छ ।

मुलुकको शासन व्यवस्थापनमा सबै दलहरू टेस्टेड भइसकेकाले सङ्कटमा काँग्रेस बाहेक अरूले जिम्मेवारी बहन गर्न सक्दैनन भन्ने कुरा प्रमाणित समेत भएकाले तमाम समस्याको समाधान काँग्रेस पाटी बाहेकले समाधान गर्न नसक्ने समेत उहाँले दावी गर्नु भयाे ।

काँग्रेसले अवसर पाउँदा पटक पटक काम गरेर देखाई सकेकाले यस पटक फेरि मौका दिएमा राजनीति स्थायित्वको जगमा नागरिकको चाहाना पूरा गर्ने प्रतिबद्धता समेत उहाँले जाहेर गर्नु भयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्