रियल मड्रिड रोकियो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक ।।स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भएको खेलमा महारथि क्लब रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा अग्रता जोगाउन नसक्दा रियलले दोस्रो स्थानको बार्सिलोनासँगको दूरी बढाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले अग्रता दिलाएका थिए । तर, ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनाको हार टारे । रियल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । उसका टोनी क्रुसले रातो कार्ड पाएका थिए ।

यद्यपि, रियल १२ खेलमा ३२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । जिरोना १० अंक जोडेर १६ औं स्थानमा छ ।

राति नै भएको अर्काे खेलमा एथलेटिको क्लबले भिल्लारियललाई १ ० ले पराजित गरेकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्