पूर्वी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बग्दाद, १३ कात्तिक।।पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् ।

सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो ।

मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्