विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ ।

वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । राष्ट्रसङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डको ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप–२६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना अपर्याप्त रहेको जनाएको बीबीसीले खबर लेखेको छ ।

समाजको तत्काल रूपान्तरणले मात्रै अबको विपदबाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । जलवायु सम्मेलन कोप–२७ आउँदो हप्ता इजिप्टमा सुरु हुँदैछ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वले जलवायु परिवर्तनमा पुनः ध्यान केन्द्रित नगरे विपत्तिको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्