निर्वाचन सामग्री ढुवानीको कामलाइ तिव्रता दिने आयोगको भनाइ

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीको कामलाइ तिव्रता दिने भएको छ ।

समानुपातिक तर्फको मतपत्र अब ९ जिल्लामा मात्रै ढुवानी गर्न बाँकी रहेको र अब ढुुवानीको कामलाई तिव्रता दिने आयोगले जनाएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सीआईएनसँग कुरा गर्दै सडक सुबिधा नभएको र हेलिकप्टरको माध्यमबाट मतपत्र ढुवानी गर्नुपर्ने भएकाले ९ जिल्लामा समानुपातिक तर्फको मतपत्र ढुवानीमा केही ढिलाइ भएको हो ।

प्रत्यक्ष तर्फको मतपत्र ढुवानीको काम पनि आउँदो २० गतेसम्ममा गरिसक्ने आयोगले तयारी गरेको छ । हिमाली र दुर्गम जिल्लाका मतपत्र सुरुमा नै छापिसकेर २० गते भित्र निर्वाचन क्षेत्रमा पु¥याइसक्ने सहायक प्रवक्ता अर्यालले सीआईएनलाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपाली मतदाता शिक्षाको कार्यक्रमलाइ पनि आयोगले जोड दिने भएको छ । स्थानीय तह निर्वाचनको समयमा मतदाता शिक्षामा कमि भएकाले बदर मत बढेको गुनासो आएपछि अहिले मतदाता शिक्षा कार्यक्रमको तरिकालाइ केही सुधार गरिएको उहाँले बताउनुभयो ।

साथै आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाइ पनि मतदाता शिक्षामा जोड दिन अनुरोध गरेको छ । मत माग्ने मात्रै नभइ मत हाल्ने तरिका पनि सिकाउन आयोगले उम्मेद्वारहरूलाइ अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्