रोनाल्डोको गोलमा युनाइटेड विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ कात्तिक ।।इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो ।

जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर  दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्