बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

ढाका, ८ कात्तिक

वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण  इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ । कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ ६ बजेसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्