प्रधानमन्त्री देउवा : वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको छ 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ७

प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाले कांग्रेसले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव आवाज उठाउदै आएको धारणा राख्नुभयो । प्रेस स्वतन्त्रता नभएको देशमा प्रजातन्त्रको सुदृढिकरण हुन नसक्ने उहाको भनाई छ । देउवाले आफ्नो प्रतिनिधि छान्न पाउने जनताको अधिकारलाई थप बलियो बनाउन आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । उहाले संविधानमा उल्लेख जनताको अधिकारको ग्यारेन्टी गर्न सरकारमा बस्नेहरु पनि गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधान रक्षाको लागि गठबन्धन आवश्यक भएको बताउनुभयो । उहाले मुलुकलाई अघि बढाउनका लािग कांग्रेस नेतृत्वको सरकार बनाउन मंसिर ४ को निर्वाचनलाई अवसरको रुपमा लिएको धारणा राख्नुभयो ।
महतले गठबन्धनलाई समान प्रतिबद्धताको साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्