केपी ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन् : माधव नेपाल

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ७ कात्तिक।।नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।

संविधान र राज्यभन्दा माथि आफूलाई ठान्ने ओलीमा  हिटलर प्रवृत्ति देखापरेको आरोप लगाउँदै उनले केही समयमा हिटलरशैलीमै ओलीको अहंकार आफैं समाप्त हुुने बताए ।

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गर्न नसके प्रतिगमनकारीको मनोबल बढ्ने  अध्यक्ष नेपालको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्