कार बम हमलामा ९ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

मोगादिसु–सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए।

बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो । अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्