तेस्रो कार्यकालको तयारीमा सी

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, ६ कात्तिक।।चीनका राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन् ।

राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद  पाटी  प्रमुख र चीनको सेनाको प्रमुखको रूपमा शक्ति दिने तयारी गरिरहेको छ ।

६९ वर्षीय सी सन् १९७६ मा पहिलो कम्युनिस्ट युगका नेता माओत्सेतुङको मृत्युपछि सबैभन्दा शक्तिशाली पार्टी प्रमुख हुन् । त्यसबेलादेखि धेरै परिवर्तन भएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ । सी जिनपिङको नेतृत्वमा चीन अझै बढी अधिनायकवादी र दमनकारी भएको टिप्पणी गरिन थालिएको छ ।

सीले देशलाई निकै भिन्न दिशामा लगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्