आज पश्चिमी र स्थानीय वायुको प्रभाव

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ६ कात्तिक।।नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्