एडीबीले पाकिस्तानलाई डेढ अर्ब करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

खबर बुक
  • ख-
  • ख+

एसियाली विकास बैँक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ ।

पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैँकले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो ।

यसैबीच पाकिस्तानलाई विश्वव्यापी ‘आतङ्कवाद’ वित्तपोषण सूचीबाट हटाइएको छ ।

फ्रान्सको पेरिसमा भएको दुई दिने बैठकको अन्त्यमा एफएटीएफका अध्यक्ष टी राजा कुमारले निर्णय घोषणा गर्नुभएको हो ।

निर्णयपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले ट्वीट गर्दै वर्षौँदेखिको प्रयास सफल भएको भन्दै पाकिस्तानी नागरिकलाई बधाई दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्