समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण : पूर्वसभामुख घर्ती

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ४  कात्तिक ।।पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् ।

सत्ता गठबन्धनबाट काठमाडौं-२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी उनले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्