माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको पत्र

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ ।

रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्री भिसा, फ्री टिकट’ को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र पठाएर कारबाही प्रक्रिया अघि बढाउन भनेको हो। आयोगको पत्रमा भनिएको छ, ‘माधवकुरमा नेपालबाट निर्वाचनको सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सम्बन्धमा निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्