गुराँस लाइफ इन्स्याेरेन्सको साधारणसभा शुक्रबार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ कात्तिक।।गुराँस लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्‍ने भएको छ ।

सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । युनियन लाइफ र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७-७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २६ असोजमा बुक क्लोज गरिसकेको छ । २५ असोजसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्