वर्तमान सरकार लामो समय टिक्ने भरोषा कसैसंग छैन -गगन थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोषा कसैसंग पनि नरहेको बताउनुभएको छ ।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गर्न दलहरुलाई पटक पटक धोका दिने गरेको भन्दै सरकार लामो समय टिक्ने भरोषा कसैसंग पनि नरहेको बताउनुभएको हो । थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफुलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गर्नुभयो ।

उहाले प्रधानमन्त्रीले अहिले जनमतलाई समेत लत्याएको बताउनुभयो । थापाले गठबन्धन परिवर्तन गर्दा कांग्रेसप्रति लगाएको आरोप ढाकछोप गर्ने बहानामात्रै रहेको टिप्पणी गर्नुभयो । निर्वाचनअघि गठबन्धन गरेकाले इमान्दारीपूर्वक कांग्रेसले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई भत्काएपछि बिभिन्न ढोका खुल्ला भएको उहाले बताउनुभयो ।

उहाले नेपालमा निर्वाचनअघि हुने गठबन्धनलाई संवैधानिक, राजनीतिक सवै तवरबाट सधैका लागि बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्