नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजीलाई भेट्न सिंहदरबार पुगे भारतीय राजदूत

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २४ फागुन ।नयाँ सत्ता समीकरणपछि नेकपा माओवादी केन्द्रको कोटाबाट उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठलाई भारतीय राजदूत नवीन श्रीवास्तव सिंहदरबार पुगेका छन्। नारायणकाजी यसअघि गृहमन्त्री थिए।

भेटमा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल भएको बुझिएको छ।

राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

मन्त्रिपरिषद् पुनर्गठन भएसँगै मन्त्री श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए। 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्