२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
बैठक संघीय संसदको ल्होत्से हलमा बसिरहेको हो ।
बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि ९ बजेपछि संसदीय दलको बैठक सुरु भएको थियो ।सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।











