राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छः माधव नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गर्नुभएको छ ।

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताउनुभएको हो ।

उहाले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राख्नुभयो । उहाले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गर्नुभयो । गठबन्धनभित्र दरार देखिए हल गरिने उहाको भनाइ छ ।

अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुग्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्