टेरामस्क प्रणालीमा कुनै अनियमितता भएको छैनः स्वास्थ्यमन्त्री बस्नेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताउनुभएको हो ।

उहाले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपीत भन्न नमिल्ने बताउनुभयो । मन्त्री बस्नेतले यसबिषयमा दोषी देखिए पदमा नवस्ने स्पष्ट पार्नुभयो । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उहाले बताउनुभयो ।

मन्त्री बस्नेतले आफुले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्