कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदनमाथी आजबाट छलफल सुरू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । 

गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन । हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथी आजबाट छलफल सुरू हुनेछ ।

समुहगत रूपमा पाँच प्रतिवेदन माथी आजबाट छलफल हुने कांग्रेसले जनाएको छ ।  महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्