त्रिविको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोज्याेः केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताउनुभएको छ ।

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताउनुभएको हो । उहाले वर्तमान सरकारले प्रजातान्त्रीक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताउनुभयो ।

प्रजातान्त्रीक मूल्यमान्यतालाई स्थापीत गर्न खोज्दा एमाले सरकारलाई सरकारमा रहेका र प्रतिपक्षीहरुले सहयोग नगरेको उहाले बताउनुभयो । ओलीले मुलुकमा केहि थिति बसालेपनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको बताउनुभयो ।

त्यस्तै उहाले गैर सहकारी व्यक्तिहरु सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताउनुभयो । नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बद्नाम भएको उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्