कांग्रेस महासमिति बैठक आज, बैठक दिउँसो १ बजे पार्टी सभापति देउवाले उद्घाटन गर्ने

खबर बुक
  • ख-
  • ख+

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीमा बैठक बस्न लागेको हो । महासमिति बैठक दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । 
    
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने कार्यक्रम छ । 

प्रवक्ता डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् । 

हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुनेछन् ।

महासमिति बैठक सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्