किभमा ड्रोनमार्फत रुसी हमला

खबर बुक
  • ख-
  • ख+

किभ, ३१ असोज ।युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ  एन्ड्रिया यरमार्कले बताएका छन् ।

राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान  साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए ।

क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्