काठमाडौं, फागुन २ । आजभोली कुनै अपरिचित नम्बरबाट फोन आउँदा कसको हो भनेर थाहा पाउन प्राय धेरैजसोले ट्रुकलर एप प्रयोग गर्छन् । यो एपले विभिन्न तरिकाबाट व्यक्तिको नाम र मोबाइल नम्बर पहिचान गरेर भण्डारण गरेको हुन्छ ।
त्यसै अनुसार ट्रु कलरले कुनै पनि फोन नम्बर कसको हो भन्ने पहिचान गर्न मद्दत गर्छ । जति पनि प्रयोगकर्ताले यो एप आफ्नो मोबाइलमा राखेका हुन्छन्, ती सबै मोबाइलको कन्ट्याक्टमा पहुँच बनाएर ट्रुकलरले उपयुक्त नाम सुझाव दिन्छ ।
फोनमा कसैको नम्बर सेभ गर्नुपर्यो भने हामी सवैजनाले आफूले चिन्ने तरिकाको नाम राख्छौं । त्यसले गर्दा लामो समयसम्म कुरा नभए पनि कुनै दिन कल आयो वा कल गर्नुपर्यो भने हामीले चिन्ने तरिकाले राखेको नाम काम लाग्छ ।
ट्रुकलरबाट आफ्नो नाम मेटाउने तरिका–
कतिपयलाई ट्रुकलरमा आफ्नो नाम देखाएको कुरा चित्त नबुझ्न सक्छ । अथवा कसैले गलत नाम राखिदिएकाले दिक्क हुनु भएको हुन सक्छ । आफ्नो नाम कुनै पनि रूपमा ट्रुकलरमा नदेखियोस् भन्ने चाहना तपाईंमा हुन सक्छ ।
यसका लागि टुकलर अनलिस्टिङ गर्ने सुविधा दिइएको छ । यो तरिका अपनाएर तपाईं आफ्नो नाम ट्रुकलरबाट हटाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिला यहाँ क्लिक गरेर ट्रुकलरको ‘अनलिस्टिङ पेज’मा जानुहोस् ।
त्यसपछि तल रहेको ‘नो, आई वान्ट ट्रु अनलिस्ट’ (No, I want to unlist) लेखेको बटनमा ट्याप गर्नुहोस् ।











