काठमाडाैं, २६ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रवाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताउनुभएको छ ।
शुक्रबार चितवनको नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टीङ्ग कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भुसालले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै कृषि क्षेत्रवाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताउनुभएको हो ।
उहाले कृषि क्षेत्रमा अहिले भएका कामहरु अप्रयाप्त रहेको धारणा राख्नुभयो । उहाले बजारको अभाव नहुने वस्तुको उत्पादनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । अहिले धान जस्तो चियाको पनि बजार अभाव नभएको भन्दै वार्षिक ४ अर्वको चिया निर्यात हुने गरेको उहाले बताउनुभयो ।
प्रदर्शनीमा नेपालका १५ जिल्लामा उत्पादन भएको चियाहरु प्रदर्शनी तथा टेस्टीङ्ग गराईएको छ । उक्त अबसरमा नेपाल टि एसोसियसनका अध्यक्ष कमल मैनालीले नेपालमा चियामा मात्रै आत्मनिर्भर रहेका तर सरकारले चिया किसानहरुलाई कुनै सुविधा दिन नसकेको बताउनुभयो ।
शनिबारसम्म चल्ने प्रदर्शनीमाबिभिन्न जिल्लाका ३० वटा स्टलहरु रहेका छन् । स्वदेशमा उत्पादित चियाको सेवन गरौ स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्र नै खपत बढाउने र यसको फाईदाहरुको बारेमा जानकारी दिने उद्देश्यले चिया प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।











