सम्पति शुद्धीकरणसम्बन्धी विधेयक पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ माघ । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकले  उक्त  विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।

गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ । 
 Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्