भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्‍यो : पदम गिरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् । 

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ । 

यस्तै, उनले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् ।  उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । 

दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्