अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित भएको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको उक्त विधेयकमा आएको सुझावहरुलाई समेत समेटेर परिमार्जन सहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

सरकारले मुलुकको विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई गुणस्तरीय, व्यवस्थित, र प्रभावकारी बनाउन चारबर्ष अघि उक्त विधेयक ल्याएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्