नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित

खबर बुक
  • ख-
  • ख+

२१ माघ, काठमाडौं ।नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ ।

माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्