गठबन्धन सरकार देशका लागि घातक हाेः नेता तामाङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ माघ । नेकपा एमालेका नेता तारा लामा तामाङले  गठबन्धन सरकार देशका लागि  घातक रहेको बताउनुभएको छ ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा नेता तामाङले गठबन्धन सरकारबाट देश निर्माणको काम, विकाशको काम र समृद्धिको यात्रा अघि बढ्न नसक्ने बतानुभयो ।

अहिलेको सरकार देशको लागि अप्ठ्यारो र असफल  भएको बताउँदै कोशिमा एमाले उम्मेदवार विजयले नै  गठबन्धन भित्र पनि गठबन्धनलाई बाध्यताले स्विकारी रहेको देखिएको उहाँको भनाई छ ।

उहाँले एमाले अहिले नै कसै सँग तालमेल गरेर सरकारमा जाने योजनामा नरहेको बताउनुभयो । राष्ट्र र  राष्ट्रियताका सवालमा बोल्ने पाटी एमाले मात्रै भएको उहाँको दाबी छ ।

अहिलेको गठबन्धन देशमा बोझ बाहेक केही नभएको पनि नेता तामाङले आरोप लगाउनुभयो  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्