हनुमान चरित्रले शाकाहारी बनेका दारा सिंह

खबर बुक
  • ख-
  • ख+

मुम्बई, २९ असोज।।वलिउड अभिनेता दारा सिंह लोकप्रिय धार्मिक टेलिफिल्म ‘रामायण’ मा ‘हनुमान’ को भूमिका निर्वाह गरेर विश्वभर लोकप्रिय बने ।

तर उनीसँग जोडिएको एक किस्सा भने कमैलाई मात्र थाहा होला । हनुमान बन्नकै लागि दाराले जीवनमा एउटा महत्वपूर्ण निर्णय लिएका थिए ।

उनले ‘रामायण’कै लागि हनुमान हुन शाकाहारी बनेका थिए । त्यसअघि मांसाहारी उनी ‘रामायण’ अवधिभर शाकाहारी नै भएका थिए ।

सुटिङ सकेर घरमा आउँदा अधिकांशले उनको खुट्टा ढोगेका थिए ।

मानिसहरुले उनलाई हनुमान नै ठानेर पूजा समेत गर्दथे । कुनै समय मन्दिरमा उनका तस्वीर पनि राखिन्थे । मन्दिरमा समेत आफ्नो तस्वीर राखिएपछि उनले सदाका लागि शाकाहारी भोजन अपनाउने निर्णय लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्