समानुपातिक तर्फका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोध गर्ने आज अन्तिम दिन

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवारको योग्यता सम्बन्धमा आजसम्म दावी विरोध गर्न पाउने छन् ।

निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक तर्फको उम्मेदवारको योग्यताबारेमा कसैले दावी विरोध सम्बन्धी उजुरी गर्न चाहेमा आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

कुनैपनि व्यक्तिले निर्वाचन आयोगले तोके अनुसारको ढाँचामा आयोगमा उजुरी गर्न पाउने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्