देश बिकास गर्ने भिजन भएकाहरुलाई अवसर दिनुपर्छ- बाबुराम भट्टराई

खबर बुक
  • ख-
  • ख+

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश बिकास गर्ने भिजन भएकाहरुलाई अवसर दिनुपर्ने बताउनुभएको छ ।

नेपाल चार्टर्ड अकाउन्टेन्ट्ड संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकास’ राष्ट्रिय सम्मेलनमा भट्टराईले ठूला र लोकतान्त्रीक भन्ने पार्टीहरुले नै देश बिकास गर्ने भिजन भएकाहरुलाई पाखा लगाउनु उचित नभएको बताउनुभयो । नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट नदिएको उहाको भनाई छ । उहाले समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि नहुने र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुन नसक्ने धारणा राख्नुभयो । उहाले आफुले तीन पटक अत्याधिक मतले चूनाव जितको र अव निबृत्त भएको बताउनुभयो । दोहोरो कर्म गर्ने, उपदेश दिने र अन्त्यमा देश छाडेर जाने प्रवृतिले देश नवन्ने उहाको भनाई छ ।

कार्यक्रममा उद्योगपति विनोद चौधरीले देश विकासका लागि नेताहरु पटक पटक चुकेका कारण देशमा रोजगारीको सिर्जना हुन नसकेको र लाखौ युवाहरु विदेशीन बाध्य भएको बताउनुभयो । आफु गठबन्धनको तर्फबाट आगामी चुनावमा प्रतिस्पर्धामा उत्रिएको भन्दै चौधरीले आर्थिक विकासको प्रमुख एजेण्डामा आफ्नो ध्यान केन्द्रीत हुने धारणा राख्नुभयो ।

त्यस्तै चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष दीपक पाण्डेले मुलुकमा बाह्य लगानी पर्याप्त भित्रन नसकेकै कारण अर्थतन्त्रले विकासमा समस्या भएको बताउनुभयो । उहाले मुलुकको आर्र्थिक बिकासलाई अघि बढाउन आन्तरिक उत्पादन बढाउनुपर्नेमा समेत जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्