निगम तथा विमानस्थलको सुधारका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई समितिकाे निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, ९ माघ ।  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निगम तथा मुलुकमा भएका बिमानस्थलहरुको सुधारका लागि भएका अध्ययन तथा अनुसन्धानको प्रतिवेदन पेश गर्न नागरिक उड्ययन मन्त्रालय र निगमलाई निर्देशन दिएको हो । बैठकले मन्त्रिपरिषद् कार्यालयमा पठाइएको भनिएको नागरिक उडड्यनसम्बन्धि विधेयकको अवस्थामा बारेमा पनि समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बिमानको अभावका कारण धेरै बिमानस्थलहरु प्रयोगबिहिन भएको भन्दै थप ३ वटा जहाज किन्ने तयारी भएको जानकारी दिनुभयो । उहाले पुरानो ट्वीनेटर बिमानलाई पनि मर्मत गर्ने काम भइरहेको बताउनुभयो । प्रयाप्त बिमानहरु भए सवै बिमानस्थलमा उडान गर्न सकिने उहाको भनाइ छ । त्यस्तै उहाले राजनीतिक हस्तक्षेप र कर्मचारीको काम नगर्ने प्रवृतिका कारण निगम धरासायी भएको भन्दै अव निगमको व्यवस्थापनलाई सुधार गर्ने जिकिर गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन कमजोर हुँदा निगम कमजोर हुँदै गएको बताएका थिए । उनीहरुले भएका जहाजहरुलाई नचलाउने र नयाँ किन्न खोज्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य माधव कुमार नेपालले अहिलेको अवस्थाका चल्न सक्ने बिमानस्थललाई मात्रै सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाले नयाँ बिमानस्थलको सम्भाव्यता अध्ययन औचित्यका आधारमा गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै बैठकमा निगमका प्रतिनिधिहरुले सिङ्गापुर, सिड्नी उडानका लागि तयारी भइरहको र निगमले मुनाफा भन्दा पनि गुणस्तरीयता र सुरक्षालाई प्राथमिकता दिएको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्